खाेज्नुहाेस

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

Image

धनगढी – कैलालीको धनगढीमा प्रहरीले गाडिएको शव उत्खनन् गरेको छ । बिहिबार धनगढी उपमहानगरपालिका–१४ फूलबारी बस्ने ३५ वर्षीय गणेश गिरीको अन्त्येष्टि गरिएको शव हत्या गरी गाडिएको सूचना पछि प्रहरीले उत्खनन् गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार असार २८ गते राति मृतकका भान्जा १८ वर्षीय प्रदीप बोहराले मृतककै घरमा आफ्नो एयरफोन चोरी गरेको भन्दै  गिरीमाथी कुटपिट गरेका थिए ।

attariya hospital
navjiwan hospital

कुटपिटबाट घाइते भएका गणेश गिरीको असार ३०  गते मृत्यु भएको थियो । मृतकका परिवारले परम्पराअनुसार उनको शव खाल्डोमा गाडेर अन्त्येष्टि गरेका थिए ।

बिहीबार गिरीको भान्जाबाटै हत्या भएको खबर पुगेपछि कैलाली प्रहरीले गिरीको शव गाडिएको स्थानबाट उत्खनन् गरेको थियो ।प्रहरीले घटनामा संलग्न मृतकका भन्जा प्रदीप बोहरा सहित मृतककै सहदोर भाई ३३ वर्षीय पदम गिरीले घटनामा मतियारको भूमिका खेलेको भन्दै पक्राउ गरेको छ ।

मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।