खाेज्नुहाेस

हेमा श्री फाउन्डेसनद्वारा सेभ हाउसका बालबालिकालाई विद्यालय पोसाक वितरण

Image

अत्तरिया — महिला तथा बालबालिका सेभ हाउस, अत्तरिया कैलालीमा आश्रित ८ जना बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ।

हेमा श्री फाउन्डेसन नेपालकी संस्थापक तथा केन्द्रीय अध्यक्ष मञ्जु पौड्याल (हेमा श्री) को जन्मदिनको अवसरमा उक्त पोसाक वितरण गरिएको हो। हाल अमेरिका बसोबास गर्दै आएकी पौड्यालले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वमा रूपान्तरण गर्दै उक्त सहयोग प्रदान गरेकी हुन्।

attariya hospital
navjiwan hospital

पोसाक वितरण कार्यक्रम फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त बाजे र सचिव चक्रजित रावलको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा फाउन्डेसनका पदाधिकारीहरूबाहेक महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष जानकी मलासी, समता स्कुलकी प्रधानाध्यापक रितु पाण्डे शाहु, समाजसेवी लछ्मण बोगटी, यसोदा भट्ट तथा सेभ हाउसका बालबालिकाहरूको उपस्थिति रहेको थियो।

बक्ताहरूले बोल्दै सेभ हाउसका बालबालिकालाई पोसाकजस्ता आधारभूत सामग्री जुटाउन समेत कठिन हुने अवस्था रहेको उल्लेख गर्दै पौड्यालको सहयोगप्रति आभार व्यक्त गरे। साथै, उहाँका सामाजिक कार्यहरूको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

यसअघि पनि पौड्यालले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोसाक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरणजस्ता कार्य गर्दै आएकी छन्।