अत्तरिया – कैलालीको गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (हाकिम) धर्मानन्द जोशी माथि हातपात भएको छ । बिहीबार नगरपालिकाका नगरप्रमुख देविदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले हाकिम माथि हातपात गरेका हुन ।

नगर प्रमुख का ज्वाइँ समेत रहेका उनले हाकिममाथि कार्यकक्षमै हातपात गरेको बताइएको छ ।

हाकिम माथि किन हातपात भएको हो भन्ने विषय भने खुलेको छैन ।

















