खाेज्नुहाेस

कैलालीबाट सवारी ज्यान र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीबाट प्रहरीले सवारी ज्यान कसुरका २ र लागू औषध मुद्दाका एक जनालाई पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना तोकेका ३ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको  हो ।
attariya hospital
पक्राउ पर्नेमा सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका लम्की चुहा नगरपालिका – ३ चिसापानीका  २७ वर्षीय विजय आचार्य, सवारी ज्यान कसुर मुद्दामै १५ दिन कैद सजाय तोकिएका लम्की चुहा नगरपालिका – ३ चिसापानीकै २८ वर्षीय नमराज चापागाईँ र लागू औषध खैरो हेरोइन मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएका लम्की चुहा – ३ चिसापानीका ३१ वर्षीय दिपा कुमारी विष्ट (साउँद) पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको  छ ।