अत्तरिया– कैलालीबाट ३ जना फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट विभिन्न मुद्धामा फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्धामा ४ महिना कैद र ३ हजार ३३३ रुपैया ३३ पैसा जरिवाना तोकिएका गोदावरी नगरपालिका– ७ का १९ वर्षिय निसान्त राना र एक जना किशोरलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार उनिहरुलाई सोमबार धनगढी उपमहानगरपालिका– ७ मनेहराबाट पक्राउ गरिएको हो ।

यस्तै वन मुद्धामा फरार जिल्लाको जानकी गाउँपालिका– ८ पहाडीपुर बस्ने ३० वर्षिय जितु चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले बन मुद्धामा १८ हजार ४४० रुपैया जरिवाना तोकिएका उनलाई सोमबार उनकै घरठेगानाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
















