
अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध कारोबारी पक्राउ परेका छन् । शनिवार लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – १८ फूलबारी गाउँका २८ को केदार बोहरालाई पक्राउ गरेको हो ।

उनको गोजी र घरबाट ११ ग्राम ८६० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।

















