खाेज्नुहाेस

कैलालीमा कोरा साइकलिङ्ग उत्सव आयोजना गरिने

Image

धनगढी – कैलालीमा तेस्रो कोरा साइकलिङ्ग उत्सव हुने भएको छ । धनगढी साइकलिङ्ग ग्रुपको आयोजनामा साउन ३ गते देखि कोरा साइकलिङ्ग उत्सव आयोजना गर्न लागिएको हो । साइकल यात्रीहरुलाई सामाजिक कामको लागि रकम संकलन गर्न तथा साइकलिङ्गप्रति आकर्षण गराउन उत्सव आयोजना गर्न लागिएको शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाडौँ कोरा साइकल यात्रालाई धनगढीमा २०२१ मा साइकल प्रेमी भरतविक्रम शाहीले शुरुवात गरेका थिए ।

attariya hospital
navjiwan hospital

यो वर्ष आयोजना हुने उत्सव धनगढीको कर्भडहलबाट शुरु भई गोदावरीको स्याउले हुँदै वेहडाबाबा मन्दिरसम्म पुगेर कर्भडहलमा समापन गरिने उत्सकवको मुख्य प्रायोजक रहेका श्रीनगर डेन्टलका सञ्चालक जीवन खड्काले जानकारी दिए । सन २०२१ मा ३५ किलोमिटर दुरी साइकल यात्रा भएकोमा यो वर्ष ५५ किलोमिटर यात्रा गरिने खड्काले बताए ।

धनगढीलाई हरियाली, स्वच्छ राख्न र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न उत्सव गरिन लागेको साइकल यात्री भरतविक्रम शाहले बताए ।

धनगढीमा साइकल लेन बनेपनि अहिले साइकलमा यात्रा गर्ने यात्री न्यून रहेकोले उत्सवले आकर्षण बढाउने उनको भनाई छ । उत्सवमा ५० जना भन्दा बढीको सहभागिता रहने भएको छ । यो वर्ष संकलन गरिने रकम धनगढीको निसर्ग अस्पतालमा उपचाररत बन्दना लिम्बुका लागि उपचार खर्च दिइने जनाइएको छ ।