धनगढी – कैलालीको धनगढीबाट किर्ते मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन।

जिल्ला अदालत कैलालीको फैसलाले अन्य सरकारी वा सार्वजनिक लिखित किर्ते मुद्दामा नौ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको धनगढी उपमहानगरपालिका १६ बेहेडाबाबा बस्ने २२ वर्षीय सुन्दर चौधरी र सोही मुद्दामा २५ हजार जरिवाना तोकिएको सोही ठाउँ वस्ने २९ वर्षीय राम मिलन चौधरी पक्राउ परेका हुन् ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ ।

















