अत्तरिया – प्रहरीले लागू औषध सहित भारतबाट नेपाल आइरहेका एक युवकलाई पक्राउ गरेको छ ।


आइतबार कञ्चनपुर पुनर्वास नगरपालिका –११ डोके बजारबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका – ५ शिवनगरका ३३ वर्षीय इन्द्र ध्वज बम पक्राउ परेका हुन ।
से ७ प ८८५ मोटरसाइकललाई सवार बमको साथबाट ७०० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।












