खाेज्नुहाेस

अत्तरियामा वृद्धाश्रम सञ्चालनमा

Image

अत्तरिया– कैलालीको अत्तरियामा वृद्धाश्रम सञ्चालनमा आएको छ । धनगढीमा रहेको दृष्टि फाउन्डेशनले अत्तरियामा वृद्धाश्रम सञ्चालनमा ल्याएको हो ।

आईतबार एक औपचारीक कार्यक्रमको आयोजना गरि वृद्धाश्रमको उद्घाटन गरिएको छ । दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा उपप्रमुख शारदा रोकाया र कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी रहेकी थिईन ।

add everest academy
attariya hospital
navjiwan hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सरकारले गर्नुपर्ने काम कुनै एक व्यक्तिले गरिरहेको बताए । उनले सरकारको दायित्व भित्र पर्ने र सरकारले गर्न नसकेको कार्य गर्ने जमर्काे एउटा महिलाले गरेको भन्दै उनले दृष्टि फाउन्डेशनकी अध्यक्षप्रति कृतज्ञता ज्ञापन गरे । उनले विगतदेखी नै दृष्टि फाउन्डेशनलाई नगरपालिकाले सहयोग गर्दै आईरहेकोमा आगामी दिनहरुमा पनि निरन्तर गर्दै जाने बताए । उनले फाउन्डेशनका लागि अत्तरियामा जग्गा खोज्ने विषयमा पनि आफूले पहल गर्ने बताए ।

‘पर्खाल नभएको कारणले गर्दा फाउन्डेशनमा बसेको दिदीबहिनीहरुलाई सुरक्षामा चुनौती भयो भन्ने उहाँ (दृष्टि फाउन्डेशनकी अध्यक्ष भट्ट) ले हामीलाई जानकारी गराएपछि हामीले गत वर्ष ५ लाख बराबर बजेट विनियोजन गरेर पर्खाल निर्माण गर्न लगाएका थियौँ’ उनले भने ‘अब यहाँ आईसकेपछि यसलाई स्थायित्व दिन ६ महिना भित्र कसैको दावि विरोध नहुने गरी यसका लागि जग्गाको रेखाङ्कन गर्ने पहल म गर्नेछु ।’ उनले समस्या परेको खण्डमा आगामी दिनहरु मा पनि जानकारी गराए आफूले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख शारदा देवी रोकायाले सबैले आफ्ना आमाबुवाहरुलाई संरक्षण गर्दै सम्हाल्दै आएको भए वृद्धाश्रम खोल्नुपर्ने अवस्था नै नआउने बताईन । उनले छाडिएका आमाबुवाहरुलाई ल्याएर सम्हालिरहेको भन्दै दृष्टि फाउन्डेशनकी अध्यक्ष भट्टलाई धन्यवाद ज्ञापन गरिन । यस्तै कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले समाजका आफ्नो कर्तव्य निर्वाह नगर्ने छोराछोरीहरु समेत रहेकाले यस्ता संस्थाहरुको आवश्यकता महसुस भएको बताईन । उनले संस्थालाई निरन्तर अघि बढाउन आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन ।

attariya technical collage

विगत लामो समयदेखी सडक मानवको सेवामा समर्पित फाउण्डेशनले अत्तरियामै पहिलो पटक वृद्धाश्रम सञ्चालनमा ल्याउन लागेको हो । उद्घाटन कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवक्ता गोपाल दत्त भट्ट, फाउन्डेसनका संरक्षक नृप ओड, युवा नेता लोकराज पान्डेय आगो, रबिनकान्त पन्त लगायतको सहभागिता रहेको थियो । फाउन्डेसनकी सदस्य पबित्रा धिक्त पान्डेयले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शारदा फुलाराले गरेकी थिईन ।