खाेज्नुहाेस

टीकापुरमा प्लाष्टिक झोला प्रतिबन्ध गरिने

Image

टीकापुर – कैलालीको टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामामा प्रतिबन्ध लगाउने भएको छ । नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा प्रतिवन्ध लगाउन लागेको हो ।

नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरवासी तथा व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।

attariya hospital
navjiwan hospital

‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ,’ उनले भने, ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ ।’

नगरपालिकाले गतवर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ । ऐनमा प्लाष्टिक झोला बन्द गरेपछि बिक्री गर्ने व्यापारीलाई पहिलो पटकको लागि १ हजार, दोश्रो पटक ३ हजार र तेश्रो पटक ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

ऐनमा प्लाष्टिक झोला प्रयोग गर्ने उपभोक्तालाई समेत जरिवाना गर्ने व्यवस्था छ । ऐनमा उपभोक्ताले प्रयोग गरे पहिलो पटक १० रुपैयाँ, दोश्रो पटक ५० रुपैयाँ र तेश्रो पटक १ शय रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।