धनगढी – सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १२ औँ स्थानमा पुगेका छन । डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन सिक्सको १२ औँ स्थानमा पुगेका हुन्। उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन् । सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ ।

उनका बुवा प्रतापका अनुसार शनिवार राति साढे ९ बजेरदेखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसो २ बजेसम्म रहेको छ । छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन् ।

सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ । उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोक्त छन् । नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ । उनको भोटिङ कोड एनआइ ०९ रहेको छ । एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ ।


















