
अत्तरिया– कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । शुक्रबार विद्यालयबाट एसइईमा उत्तिर्ण भएका विद्यार्थीहरु तथा अभिभावकहरुका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो ।
विद्यार्थीहरुलाई बधाई दिदै अभिभावकहरुलाई विद्यालयमा स्वागत कार्यक्रमको पनि आयोजना गरिएको विद्यालयका कर्मचारी रतन कार्कीले जानकारी दिए । उनले विद्यालयबाट एसइई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुको पढाईप्रतिको मनोबल बढाउ अभिभावककै अगाडी बधाई कार्यक्रम आयोजना गरिएको बताए ।

