खाेज्नुहाेस

पुनरावेदनको म्याद हुँदै पक्राउ परेकी गोदावरीकी ममतालाई अदालतले घर पठायो

Image

धनगढी – कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोलकी ममता खड्का कुँवरलाई अदालतले घर पठाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले बिहिवार घरदेखि पक्राउ गरेकी ममतालाई अदालतले पुनरावेदनको समय बाँकी रहेको भन्दै घर पठाएको हो। प्रहरीले अदालतमा पेस गर्ने बित्तिकै उनी घर फर्किएकी छन्।

navjiwan hospital

जिल्ला अदालत, कैलालीका तहसिलदारले लगाएको तोकमा भनिएको छ, ‘यसमा पक्राउ गरी उपस्थित गराइएका प्रतिवादी ममता खड्का कुँवरको पुनरावेदन गर्ने म्याद बाँकी नै रहेको देखिदाँ निजलाई अहिले नै कैदी पुर्जी दिई कारागार कार्यालय पठाउन मिलेन।’

attariya hospital

कैलाली प्रहरीले ४० लाख ५० हजार जरिबाना र पाँच दिन कैद सजायको फैसला जिल्ला अदालत कैलालीले गरेको भन्दै उनलाई पक्राउ गरेको थियो।

बैङ्किङ कसुर मुद्‍दामा फरार प्रतिवादी रहेकी भन्दै ममतालाई प्रहरीले पक्राउ गरेको हो। अदालतले कारागार नपठाउन भनेपछि फेरि प्रहरीले कागज गरेर उनलाई घर पठाएको छ।