खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ 

Image

अत्तरिया – कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । बिहिबार जानकी गाउँपालिका – ९ कटासेका २७ वर्षीय शंकर थापालाई घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

प्रहरीले उनको शरीर तथा घर कोठा खानतलासी गर्दा ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ , ३० ग्राम लागूऔषध (गाँजा), Nicator 10 लेखेको ट्याब्लेट २ पिस र Tramadol क्याप्सुल १ पिस फेला परेको जनाएको छ ।

attariya hospital

उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावतीबाट  संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।