खाेज्नुहाेस

कैलालीबाट ४० लाख जरिवाना तोकिएका २ फरार प्रतिवादी पक्राउ 

Image
navjiwan hospital
अत्तरिया – कैलालीबाट प्रहरीले ४० लाख ५५ हजार जरिवाना तोकिएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बिहिवार जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले बैंकिङ कसुर र चोरी मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालत कैलालीले जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले प्रेस विज्ञप्ती जारी गरी उपलब्ध गराएको सूचनामा प्रहरीले उनीहरुलाई जिल्लाका बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको जनाएको छ भने नाम, ठेगाना पनि खुलाएको छैन ।