खाेज्नुहाेस

बालबालिका नै लागू औषधको जोखिममा, सचेतनाका कार्यक्रम गर्न जोड  

Image
अत्तरिया – पछिल्लो समय बढ्दै गएको लागू औषध दुर्व्यसनी न्यूनीकरण गर्नको लागि सचेतनाका कार्यक्रममा जोड दिइएको छ । विद्यालय उमेर समूहका बालबालिका नै लागू औषधमा फस्न थालेपछि अत्तरिया सञ्चार संघले गोदावरीका विभिन्न विद्यालयमा आयोजना गरेको सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले लागू औषध न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन ।
add everest academy
attariya hospital
कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको नवज्योती  माविकी प्रधानाध्यापक बसन्ती भट्टले विद्यार्थी नै लागू औषधको दलदलमा फल्न थालेकाले पठन पाठन नै प्रभावित हुने अवस्था आउन थालेको बताइन् । उनले पछिल्लो समय लागू औषधकै कारण विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको बताइन् । ‘पछिल्लो समय विद्यालयमा विद्यार्थीको चाप घट्दै छ । सुधार केन्द्रमा चाप बढ्दै छ’ उनले भनिन् ‘यस्तै अवस्था रहने हो भने विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँछ ।’
attariya technical collage
गोदावरी नगरपालिका – ९ मा रहेको राष्ट्रिय माविकी प्रधानाध्यापक निर्मला जोशीले अहिलेका विद्यार्थी दुर्व्यसनीमा फस्दै गएको बताइन् । उनले विद्यालय छोडेकाहरू पनि रोजगारीको समस्याका कारण लागू औषधमा फस्ने गरेको बताइन् । लागू औषधको दुर्व्यसनीमा फस्नबाट जोगाउनका लागि विद्यार्थीहरूलाई लागू औषध सम्बन्धी सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको उनले बताइन् ।
Karma Consultancy
गोदावरी नगरपालिका – ३ का वडाध्यक्ष तेज राज अवस्थीले अहिले पनि विभिन्न विद्यालयमै लागू औषधको दुर्व्यसनी हुने गरेको बताए । उनले विद्यालय नजिक, विद्यालय हातामा हुने यस्ता क्रियाकलाप रोक्न प्रहरी प्रशासनले विशेष भूमिका खेल्नुपर्ने बताए । उनले भविष्यका कर्णधार बालबालिका लागू औषधमा लागेपछि देशकै भविष्य जोखिममा पर्ने बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले लागू औषधमा युवा फस्नबाट जोगाउन विद्यार्थीहरूलाई सचेत गराउन आवश्यक रहेको बताए । उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय भएकाले बालबालिकालाई नै यसबारे सजक गराउनु पर्ने बताए ।
navjiwan hospital
उनले लागू औषध कुनै एक निकायले मात्रै लागेर नियन्त्रण नहुने बताए । ‘लागू औषध नियन्त्रण कुनै एक निकाय लागेर मात्रै सम्भव छैन । यसका लागि विद्यालय, प्रशासन, सञ्चार जगत लगायत सबैको सहकार्य आवश्यक छ’ उनले भने लागू औषध समाजको क्यान्सरको रूपमा देखा परेको छ । जसलाई हामीले समयमै नियन्त्रण गर्न सकेनौ भने यसले भोलि ठुलो रूप लिन्छ । यसले पनि क्यान्सरले जस्तै मानिसलाई तड्पाइ तड्पाइ मार्छ ।’ उनले बालबालिकालाई लागू औषधका बारेमा सचेत गराएर मात्रै नहुने भएकाले उनीहरू सिकेका कुरा व्यवहारमा लागू गर्न पनि आवश्यक रहेको बताए ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले नीति नियम, कानुन निर्माण गरेर लागू औषध दुर्व्यसनी ५० प्रतिशत रोक्न सकिने भए पनि सचेतनाका कार्यक्रम गरेर ९५ प्रतिशत लागू औषध दुर्व्यसनी नियन्त्रण गर्न सकिने बताइन् ।
‘अहिले विद्यालयमा धेरै जसो बालबालिका लागू औषध तथा दुर्व्यसनीमा लागेका छन् । लागू औषध दुर्व्यसनीका कारण विद्यालयमा भर्ना हुने क्रम घटेको छ । सुधार केन्द्रमा भर्ना हुने क्रम बढेको छ’ उनले भनिन् ‘गोदावरी नगरपालिका यसमा धेरै चिन्तित छ । हामीले गोदावरीका बालबालिकालाई राम्रो बाटोमा लगाउन सकेन भने गोदावरीको भविष्य नै अन्धकार हुन्छ ।’
उनले बालबालिका भविष्यका कर्णधार भएकाले यसमा गोदावरी नगरपालिकाले सचेतनाका कार्यक्रम गर्दै आएको बताइन् ।
अत्तरिया सञ्चार संघले गोदावरी नगरपालिकाको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय मालाखेती सँगको सहकार्यमा गोदावरीका ७ वटा विद्यालयमा सचेतनाका कार्यक्रम आयोजना गरेको थियो ।
जसअन्तर्गत गोदावरी नगरपालिका – ८ रहेको शारदा मावि, गोदावरी नगरपालिका– ९ मा रहेको राष्ट्रिय मावि, गोदावरी नगरपालिका – १ मा रहेको गुह्येश्वरी मावि, गोदावरी नगरपालिका – ३ मा रहेको खप्तड विद्या निकेत, नवज्योति मावि, गोदावरी नगरपालिका – २ मा रहेको पुष्पाञ्जली मावि, गोदावरी नगपालिका – ५ मा रहेको शिद्धवावा माविमा सचेतना कार्यक्रम आयोजना गरिएको संघका महासचिव ध्रुव ओझाले बताए । सचेतना कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक इन्द्र राज भट्ट र गोपाल जोशीले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको संयोजन बालकृष्ण भट्टराईले गरेका थिए ।