अत्तरिया – कैलालीबाट प्रहरीले ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत कैलालीबाट ८२ हजार जरिवाना भएका ८ जना चेक अनादर (चालु) मुद्दामा फरार रहेका १ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गराई हिरासतमा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















