धनगढी – कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार धनगढी उपमहानगरपालिका– १४ डि गाउँ बस्ने ३० वर्षीया रूपा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

