खाेज्नुहाेस

हङकङमा रहेकी रन्जिताले गरिन गौरीगंगाका विद्यार्थीलाई झोला सहयोग

Image

मसुरिया – कैलालीको गौरीगंगा नगरपालिका –९ शंकरपुरमा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री झोला वितरण गरिएको छ । हङकङमा रहेकी रन्जिता आरतीले आफ्नो जन्मदिनको अवसरमा हेमा श्री फाउन्डेसन मार्फत विद्यार्थीहरूलाई सहयोग गरेकी हुन ।

navjiwan hospital

उनले आफ्नो जन्मदिनमा पार्टी भोज भतेर गरी लाखौँ खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई पढाई प्रति रुचि बढाउनु वितरण गरेको बताइकी छिन । उनले भनिन् ‘देशभन्दा बाहिर रहेपनी सो विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार एवम् अति विपन्न परिवारका विद्यार्थी भाईबैनीलाई झोला वितरण गरी जन्मदिन मनाउन पाउँदा अत्यन्तै खुसी लागेको छ ।’

add everest academy
attariya hospital

उक्त सामग्री हेमा श्री फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त बाजे र कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको रोहवरमा वितरण गरिएको थियो ।

झोला वितरण कार्यक्रममा महादेव माध्यमिक विद्यालयका संस्थापक सदस्य चक्र कलेल, शिव सुन्दर सामुदायिक वन समूहका अध्यक्ष बल बहादुर बोहरा, निवर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य मान बहादुर पुन, शिक्षक–शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । झोला वितरण कार्यक्रममा सहभागीले जन्मदिन मनाउने नयाँ किसिमको अभ्यास भएको बताएका थिए ।