अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा २१२.२ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो २४ घण्टा आइतबार बिहान ८ः४५ देखि सोमबार (आज) बिहान ८ः४५ सम्ममा उक्त वर्षा मापन गरिएको हो ।
महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार पछिल्लो २४ घण्टामा कैलालीको पश्चिमी क्षेत्रमा अत्यधिक वर्षा भएको छ ।

कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले यस पटक खण्डकृति वर्षा भइरहेको बताए । ‘कैलालीकै पूर्वी क्षेत्रमा त्यति वर्षा भएको छैन’ उनले भने ‘कैलालीको पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको छ ।’
वर्षाका कारण जिल्लाको पश्चिमी क्षेत्र गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएका छन् ।

