खाेज्नुहाेस

लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुरका होचा भू–भागमा उच्च जोखिम

Image

कञ्चनपुर– लगातारको वर्षाका कारण कञ्चनपुर र कैलालीका होचा भागहरु उच्च जोखिममा परेका छन । पछिल्लो केही समयदेखी लगातार भैरहेको वर्षाका कारण दुवै जिल्लाका नदीहरुमा पानीको वहाव बढेसँगै होचा भागहरुमा बाढीको जोखिम उच्च बनेको हो ।

navjiwan hospital

लगातार वर्षाले महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरका अधिकांश स्थानमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । खासगरी कृष्णपुरको खल्लागोठ र बेलौरीको शान्तिपुर आसपासका क्षेत्रहरूमा बाढीको विशेष जोखिम रहेको बताइएको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने भू–भागमा रहने स्थानियहरुलाई सुरक्षित स्थानमा सर्न र बेलुकासम्म विशेष ध्यान दिन विभागले अनुरोध गरेको छ ।

attariya hospital

यसैबीच, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि सतर्कता कायम गर्न सूचना जारी गर्दै नदी तथा खोलानालाहरूको जलसतह सतर्कता तह आसपास पुगेको र अझै बढ्दो क्रममा रहेको उल्लेख गरेको छ । मौसमविद्हरूका अनुसार आगामी केही घण्टासम्म निरन्तर वर्षा हुने सम्भावना रहेकोले तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्व तयारीसहित उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ । महाकाली नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाइएको छ ।