खाेज्नुहाेस

डेउडा गाउदै मनाईयो धान दिवस

Image

अत्तरिया– डेउडा प्रतिष्ठान केन्द्रीय समितिले हरेक बर्ष झैं यस बर्ष पनि राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । प्रतिष्ठानले कैलालीको धनगढी उपमहानगरपालिका – १८ आदर्श टोल फुलबारीमा रोपाइँ काव्य गोष्ठी को आयोजना गर्दै भव्य रुपमा धान दिवस मनाएको हो ।

navjiwan hospital

धान दिवसको अवसरमा आयोजित उक्त रोपाइँ काव्य गोष्ठीमा कलाकारहरुले चाँचरी गीत गाउँदै डेउडा खेलेका थिए । डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत डोटेली कान्छाको नेतृत्वमा कलाकार हिरेण्य साउँदको खेतमा धान रोप्ने कार्य गरेर दिवस मनाईएको प्रतिष्ठानका उप–महासचिव प्रेमबिबश चन्दले बताए । उनले बरिष्ठ लोक गायक एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष नरेन्द्रराज रेग्मीले गीत गाएर धान रोप्ने कार्यको सुरुवात गरेको समेत बताए ।

attariya hospital

प्रतिष्ठानले धान रोपाइँको अवसरमा हरेक बर्ष कार्यक्रम गर्दै आएको भएतापनी यस बर्ष अझै राम्रो कार्यक्रम गर्न सफल भएको डेउडा प्रतिष्ठान केन्द्रीय समितिका सदस्य एवं कार्यक्रम संयोजक प्रकाश बहादुर साउँदले बताए ।

प्रतिष्ठानले हरेक लोक संस्कृतिको जगेर्ना गर्दै आएको र आगामी दिन अझ बढी प्रभावकारी बनाउन संगठन बिस्तार संगै स्थानीय लोक बाजा लोक संस्कृतिको जगेर्नामा लागि पर्ने संगठन सचिब बिष्णु भक्त खैरले बताए । उक्त रोपाईँ काव्य गोष्ठीमा डेउडा प्रतिष्ठानका उपाध्यक्ष द्वय भक्तराज जोशी, सरिता कठायत, प्रशासनिक सचिब धर्मराज जोशी संगै प्रतिष्ठानका सदस्य तथा कलाकारहरु धनेश्वरी रेग्मी, धनसरा साउँद, गगन सिंह ऎर, गीता साउँद, भोजराज फुलारा लगायत दर्जनौं कलाकारको सहभागीता रहेको थियो ।