चौमाला- कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाले एक कार्यक्रम गरि २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ।
गौरीगंगा नगरपालिका कृषि शाखाको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा “धानबालीमा सघनता:खाध सुरक्षा र आत्मनिर्भर” भन्ने नाराका साथ २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गौरीगंगा-४,राजिपुरमा मनाइएको हो।



गौरीगंगा नगरपालिका प्रमुख देबिदत्त कँडेल,उप-प्रमुख भोज बहादुर बम, शिक्षा शाखा प्रमुख हरिस पन्त,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायत स्थानीयले धान रोपेर धान दिवस मनाएका थिए ।
धान दिवसमा कार्यक्रममा बोल्दै किसानहरुलाई कृषि प्रबिधि सँग जोडेर ब्यवसायिक बनाउने लक्ष्य लिएको प्रमुख कडेँलले बताए। उनले स्थानीय सरकारले कृषिमा लाग्न नागरिकलाई उत्प्रेरित गर्ने बताए ।
नगरपालिकाले हरेक बर्ष धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आईरहेको छ।
