
अत्तरिया– कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी १२ हजार बराबरका अवैध रुपमा भन्सार छलीका सामान बरामद गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार राती ८ः२० बजे सो रकम बराबरका छाता र ब्रोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको हो ।

