धनगढी – कैलालीको धनगढीमा श्रीमद्–हरिहर चतुर्मास अनुष्ठान, शिवपुरी धर्मोत्सव आयोजना गरिने भएको छ । सुदूरपश्चिममा नमुना गुरुकुल स्थापनाका लागि सत्य सेवा प्रतिष्ठान शिवपुरी धर्मोत्सव आयोजना गर्न लागेको शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

धर्मोत्सव असार २२ गतेदेखि कार्तिक १९ गतेसम्म शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाम धनगढी सञ्चालन हुने आयोजना हुने चतुर्मास अनुष्ठानका सङ्कल्पकर्ता आचार्य सत्यराज अवस्थीले जानकारी दिए । उनले वैदिक संस्कार, संस्कृति र शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सुदूरपश्चिमका लोक कलाको संरक्षणमा समेत धर्मोत्सवले सहयोग पुग्ने बताए ।


धर्मोत्सवमा विद्यालय स्तरीय विविध प्रतियोगिता र लागूपदार्थ दुव्र्यसनलाई निराकरण गर्न समेत सचेतना मूलक संवाद चलाउने सङ्कल्पकर्ता आचार्य अवस्थीले बताए । यस्तै चतुर्मास अनुष्ठानमा गौरा महोत्सव, तीज महोत्सव, कृष्ण जन्माष्टमी महोत्सव, नवरात्री विशेष, दीपावली विशेषका कार्यक्रमहरू गरिने छन् ।