चौमाला – कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा नक्षत्र बाटिका निर्माण गरिएको छ । मोहन्याल मन्दिर परिसरमा नक्षत्र बाटिका निर्माण गरिएको हो ।
उक्त बाटिका प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ अन्तर्गत २७ लाखको लागतमा निर्माण गरिएको थियो ।



नक्षत्र बाटिकामा राशि अनुसारका बिरुवा रोपिनुका साथै लाइट जडान र रंगरोगन गरिएको छ ।
पूर्वीय दर्शन अनुसार, ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा १२ राशि, ९ ग्रह र २७ नक्षत्रहरूलाई आधार मानेर बाटिकामा अमला, जामुन, पिपल, वर, बेल, निम, खयर, कुश, दुबो, गुल्लर, कटहर गरी २७ प्रजातिका बिरुवा रोपिएको मोहन्याल मन्दिरका पुजारी ढोयानाथ जोशीले बताए ।
