खाेज्नुहाेस

कैलालीमा एक जना मृत भेटिए

Image

धनगढी – कैलालीमा एक जना मृत भेटिएका छन्। बुधबार साँझ लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी घर आगनमा लडेको अवस्थामा मृत भेटिएका हुन ।

navjiwan hospital

उनी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital

मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएपनि मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।