खाेज्नुहाेस

मनोपरामर्श सेवाबाट सुध्रियो जीवन

Image

तिलकराज ओझा/कैलाली- समाजमा मनोसामाजिक समस्या तथा मनोसामाजिक अपाङ्गताबारे समाजमा सदियौँ देखि मिथ्या, भ्रम र गलत अवधारणा व्याप्त छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण सकारात्मक छैन । जसका कारण उनीहरू निरन्तर विभेद, हिंसा तथा बहिष्करणमा परिरहेका छन् ।

मनोसामाजिक अपाङ्गता भनेको व्यक्तिको शारीरिक स्वास्थ्यमा आएको परिवर्तन होइन । यो त उसको मन र मस्तिष्कमा भएको एक प्रकारको समस्या वा विचलन हो । यस्ता प्रकारका मनोसामाजिक अपाङ्गता भएका मानिसहरूलाई सामान्य मानिस सरहको जीवनयापनमा फर्काउन कोसिस नामक संस्थाले कैलाली जिल्लामा एक प्रकारको अग्रणी भूमिका खेलेको पाइन्छ ।

add everest academy
attariya hospital

सामान्य मानिस सरह जीवनयापन गरिरहेकी धनगढी उपमहानगरपालिका— १४ फूलबारी (एच) गाउँकी अस्मिता तामाङले आफू केही वर्ष पहिले मनोसामाजिक अपाङ्गताबाट ग्रसित भएको सुनाइन । ‘मेरो मनमा एक प्रकारको मानसिक विचलन आएको थियो, काम गर्न मन लाग्दैनथ्यो, एकोहोरो टोल्लीएर बस्ने गर्दथे, छिनछिनमा झस्किन्थे, मनमा एक प्रकारको डर, त्रास जस्तो महसुस हुन्थ्यो’ उनले भनिन् ‘मनोसामाजिक अपाङ्गता भएको व्यक्तिहरूलाई मनोपरामर्श दिइरहेको संस्था कोसिसबाट परामर्श सेवा पाएपछि अहिले सामान्य मानिस सरह जीवनयापन गरिरहेको छु,।’

navjiwan hospital

उक्त संस्थाका प्रतिनिधिहरू घरघरमा गर्ई स्थिति बुझेर, प्रत्यक्ष अवलोकन गरेर परामर्श दिने गरेको र सो परामर्शबाट प्राप्त हौसला, सल्लाह, सुझावले काम गर्ने इच्छा र रुचि बढेर गएको उनले बताइन । कोसिस संस्थाबाट दिइएको माला बनाउने सिप सिकेर विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यक्रममा अर्डर अनुसार माला बिक्री गर्ने गरेको तामाङले बताइन । जसबाट आम्दानी हुने गरेको उनको भनाई छ । त्यस्तै घरमा किराना व्यवसाय समेत सञ्चालन गरेको उनले बताइन ।

त्यस्तै धनगढी उपमहानगरपालिका—७ मनहेराका देवराज रानाले पनि आफू केही समय पहिले मनोसामाजिक स्थितबाट गुज्रिएर अहिले सुधारोन्मुख अवस्थामा आइसकेको बताए । त्यस्तो अवस्थामा मन कमजोर भएको महशुुस हुने, केही पनि राम्रो नलाग्ने, मनमा मर्छु भन्ने सोच आउने गरेको रानाले बताए । ‘म जस्तै अरू व्यक्ति पनि छन्, यो एक किसिमको मानसिक समस्या मात्र हो, मनोपरामर्शबाट यो समस्या समाधान हुन्छ भन्ने कोसिस नेपालबाट परामर्श पाएपछि हिजोआज सामान्य मानिस जस्तै जीवन बिताइरहेको छु’ उनले भने । रानाले गाउँमा साइकल रिपेयरिङ र ईलेक्ट्रोनिक सामाग्रीको व्यवसाय गर्दै आएका छन् । जसबाट मासिक रूपमा करिब १३ हजार बराबरको आम्दानी गर्दै आएको उनको भनाई छ ।

attariya technical collage

विगतमा मनोसामाजिक समस्या भई समाधानको लागी झारफुक, कुल देउता पूजा, थारु गुरुवाका कहाँ जाने गरेकी धनगढी उपमहानगरपालिका—१५ उर्मी गाउँकी कमला रानाले पनि कोसिस संस्थाबाट प्राप्त परामर्शबाट पहिलेकै अवस्थामा फर्किएको बताइन । मनोसामाजिक अपाङ्गताको अवस्थाबाट सुधार भएपछि खेतीपातीको काम गर्दै आएको उनले बताइन । तरकारी खेतीबाट केही समय अगाडी दुई लाख बराबरको आम्दानी गरेको उनको भनाई छ ।

धनगढी उपमहानगरपालिकाका—१८ का वडा अध्यक्ष भुवन रिजालले वडा कार्यसमितिले पनि यो क्षेत्रलाई एकदमै संवेदनशीलताको क्षेत्रका रूपमा बुझेको बताए । उनले यसका तमाम पाटाहरूमा राज्यको अनुभूति गराउने हिसाबले अगाडी बढिरहेको उनले बताए । उनले फूलबारी क्षेत्रका तिन वटा क्षेत्रमा कोसिस नामक संस्थाले एकदमै गहनताका साथ त्यो समुदायलाई समाधानको पाटोबाट बहस गरेर उजागर गरेको बताए ।

Karma Consultancy

सुदूरपश्चिम प्रदेशबाट कोसिस संस्थामा वरिष्ठ परियोजना अधिकृतको रूपमा कार्यरत बसन्ती शाहीले कोसिस विशेष गरी मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरू र मनोसामाजिक अपाङ्गताका विषयमा काम गर्दै आइरहेको संस्था भएको बताइन । जसमा मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरूको जमातलाई एक ठाउँमा सङ्गठित गर्ने, दौँतरी समूह बनाउने र त्यो दौँतरी समूह मार्फत उनीहरूलाई दिनुपर्ने आयआर्जनका कार्यक्रमहरू, कतै रोजगारीमा संलग्न गराउने, कुनै तालिममा आबद्ध गराउने लगायतका कार्यक्रमहरू गरिरहेको उनले बताइन ।