खाेज्नुहाेस

चुरेले ल्यायो ५२ करोडको बजेट

Image

धनगढी – कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५२ करोड ८७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औँ अधिवेशनमा उपाध्यक्ष धनादेवी थापाले ५२ करोड ८७ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरिन् । कुल बजेटमध्ये चालुतर्फ ३७ करोड २२ लाख ५८ हजार अर्थात् ७०.०४ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै पुँजीगततर्फ १५ करोड ६५ लाख ३८ हजार विनियोजन गरिएको उपाध्यक्ष थापाले जानकारी दिइन् ।

navjiwan hospital

बजेटको खर्च व्यहोर्ने स्रोतका रुपमा संघीय सरकारबाट समानीकरण अनुदानवापत १० करोड ४४ लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ६८ लाख, संघीय समपूरक अनुदानबाट ७१ लाख, संघीय सर्शत अनुदानबाट २१ करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

attariya hospital

त्यस्तै संघीय विशेष अनुदानबाट ८० लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४१ लाख ५३ हजार, प्रदेश समानीकरण अनुदान ८४ लाख ९४ हजार, प्रदेश सर्शत अनुदानवापत ५५ लाख र समपुरक अनुदानबाट एक करोड प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक राजश्व बाँडफाँडबाट एक करोड ९४ लाख ५० हजार र चालु वर्षको मौज्दात ७५ लाख रहने अनुमान गरिएको छ ।