खाेज्नुहाेस

गौरीगंगाले ल्यायो १ अर्ब १ करोडको बजेट 

Image

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकाले १ अर्ब १ करोड ७६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार भएको १८औँ नगरसभामा नगर उपप्रमुख भोजबहादुर बमले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट ल्याएका हुन ।

navjiwan hospital

बजेटको स्रोतका रुपमा संघीय समानीकरण अनुदानबाट १५ करोड ९४ लाख, संघीय सशर्त अनुदानमा चालुतर्फ २३ करोड ३६ लाख र पुँजीगततर्फ एक करोड ४१ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

attariya hospital

संघीय समपूरक, विशेष र प्रदेश सरकारका विभिन्न शीर्षकहरूबाट प्राप्त हुने अनुदानलाई बजेटको स्रोतका रुपमा राखिएको छ । नगरपालिकाले सात करोड नौ लाख ९५ हजार आन्तरिक आय हुने अनुमान गरेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट मंगलबारनै पारित गरिएको थियो ।