खाेज्नुहाेस

बर्दगोरियाको बजेट एक अर्ब बढी

Image

धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अबै बढी बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १६ औँ गाउँसभामा उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले कुल १ अर्ब २ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका हुन ।

navjiwan hospital

जसमा चालु खर्चतर्फ ३४ करोड ३९ लाख र पुँजीगत खर्चतर्फ ४१ करोड ५२ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक सुरक्षातर्फ २७ करोड खर्च हुने अनुमान गाउँपालिकाले गरेको छ । ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१ रुपैयाँ आन्तरिक आय सङ्कलन हुने तथा राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख ९९ हजार ४ सय १९ आम्दानी हुने अनुमान गाउँपालिकाको छ ।

attariya hospital

यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ५२ करोड २७ लाख प्राप्त भएको छ। भने अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट पाँच करोड ७० लाख ४७ हजार गाउँपालिकालाई प्राप्त भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएको ३ करोड ४५ लाख छ भने सामाजिक सुरक्षाका लागि २७ करोड आम्दानी हुने जनाइएको छ ।