खाेज्नुहाेस

धनगढीबाट कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ

Image

धनगढी – कैलालीको धनगढीबाट कटुवा पेस्तोल सहित भारतीय नागरिक पक्राउ परेका छन । आइतबार धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सीमाना क्षेत्रमा कटुवा पेस्तोलसहित २ जना भारतीय नागरिकलाई पक्राउ परेका हुन ।

navjiwan hospital

अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add everest academy
attariya hospital

उनीहरुको साथबाट एक पेस्तोल, पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।