अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले पछिल्लो समय जलवायु परिवर्तनले समस्या निम्त्याउन थालेको बताएका छन । शनिबार सम्पन्न अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६औ वार्षिक साधारण सभामा बोल्दै उनले जलवायु परिवर्तनका कारण पानीको समस्या हुने गरेको बताएका हुन ।
‘पछिल्लो समय जलवायु परिवर्तन जटिल समस्याको रुपमा अगाडी बढे्को छ’ उनले भने ‘यसले गर्दा असुद्ध खानेपानीको कुरा मात्रै हैन खेतीमा पनि प्रत्यक्ष रुपमा असर परिरहेको छ र यसको निदान अहिलेसम्म पनि गर्न सकिएको छैन ।’ उनले जलवायु परिवर्तन राष्ट्रकै लागि एउटा जटिल समस्याको रुपमा अगाडी आएको बताए । उनले अब खानेपानीका लागि पनि मुहान खोज्नुपर्ने अवस्था आएको बताए ।


‘जलवायु परिवर्तन हुँदा डिप बोरिङले काम नगरको अवस्थामा यस्का लागि मुल खोज्न आवश्यक छ र त्यो दिगो पनि हुन सक्छ’ उनले भने ‘त्यसका लागि नगरले के गर्नुपर्छ प्रतिबद्ध छु ।’ उनले पानीको दिगो समस्या समाधानका लागि मुल खोज्नुपर्ने र त्यसका लागि डिपिआर बनाउन आवश्यक रहेको बताए । डिपिआर बनाउन २० लाख रुपैया लाग्ने विषयमा आफूले जानकारी पाएको बताउदै उनले त्यसको लागि नगरले जिम्मेवारी लिने कुरामा प्रतिवद्धता समेत व्यक्त गरे । उनले डिपिआर नभएसम्म योजना सफल नहुने समेत बताएका थिए ।
त्यसबाहेक नगरप्रमुख भट्टले संस्थाको विकासको निम्ति सबैको हातेमालोको आवश्यकता जरुरी रहेको बताए । ‘यो खानेपानी सबै साथीहरुको हातेमालोको कारणले बनेको हो, जसका कारण अहिले सबै गोदावरीबासीले शुद्ध खानेपानी खान पाईरहेका छौ । त्यसैगरी सबैको सहकार्यले नै क्याम्पसको निर्माण ग¥यौ, दुर्गालक्ष्मी मावि बनेको छ’ उनले भने ‘स्थानिय सरकारलाई पनि यस्ता खालका संघसंस्था र समुदायका सबै साथीहरुको आवश्यककता पर्दछ । स्थानिय सरकार आफैमा सबै कुरा होईन, स्थानिय सरकारको पनि हात तपाईहरु हो । स्थानिय सरकारलाई तपाईहरुको आवश्यकता पर्दछ, तपाईहरुलाई स्थानिय सरकारको । तसर्थ हामीले समन्वय गर्न आवश्यक छ ।’



















