खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट गाडीका पार्ट पुर्जा र हार्डवेयरका सामान बरामद 

Image
file photo

अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले गाडीका पार्ट पुर्जा, हार्डवेयर लगायतका सामान बरामद गरेको छ । शुक्रवार कैलालीको धनगढीबाट गाडी, ट्रकको पार्ट पुर्जा र कञ्चनपुरबाट बिजुली, हार्डवेयर लगायतका सामानहरू बरामद गरिएको हो ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका – २ बाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४६ हजार ६०२ रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

add everest academy
attariya hospital

यस्तै भीमदत्त नगरपालिका – ११ भुजेलाबाट १ लाख ५ हजार ३५० बराबरका सामान फेला परेको प्रहरीले जनाएको छ ।