खाेज्नुहाेस

लम्कीचुहाले ल्यायो एक अर्ब २० करोड

Image
navjiwan hospital

धनगढी – लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १५ औँ नगरसभाको दोस्रो बैठकमा उपप्रमुख जुना चौधरीले चालु खर्चतर्फ ७६ करोड ७५ लाख र पुँजीगत खर्चतर्फ ४४ करोड २४ लाख रुपैयाँ विनियोजन गरी कुल बजेट सार्वजनिक गरेकी हुन् ।

उपप्रमुख चौधरीका अनुसार बजेट खर्चको स्रोतमा आन्तरिक आयबाट ४३ करोड ८७ लाख ६० हजार ८३२ रुपैयाँ, राजस्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १६८ रुपैयाँ, संघीय सरकारबाट ५५ करोड २९ लाख रुपैयाँ र प्रदेश सरकारबाट ३ करोड ६१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले समावेशी र पूर्वाधारमैत्री योजना मार्फत बजेट खर्च गर्ने बताइएको छ ।

add everest academy
attariya hospital