खाेज्नुहाेस

नवप्रवर्तनमा बालबालिकाको चासो

Image

अत्तरिया – १४ वर्षीय प्रान्सु भट्टले मञ्चमा बसेका गोदावरी नगरपालिका शिक्षा शाखा प्रमुख प्रयागराज जोशीलाई मोबाइलमा वेब ब्राउजरमा एउटा नम्बर दिएर लग इन गर्न लगाए । जसमा लगइन गरेपछि एउटा वेब पेज खुल्यो । अनि प्रान्सले त्यसमा भएको अन बटन थिच्न भने । उनले भनेअनुसार बटन थिच्दा प्रान्सुको हातमा भएको चिम बल्यो । अनि प्रान्सुले सम्झाए ‘हामीले ओरेन्ज आइओटी सफ्टवेयरमा २ लाइनको कोड हालेर स्विच अन अफ गर्न सक्छौ । यो प्रविधिमा वाई फाइबाट स्विच लगायत अन्य कुरालाई पनि टाढाबाटै अन अफ गर्न सक्छै ।’

अत्तरियामा सञ्चालित ५ दिने नवप्रवर्तन अध्ययन, अनुसन्धान तथा आविष्कार प्रवद्र्धनबारे तालिम लिएपछि प्रान्सुले बिहीबार उक्त प्रस्तुति देखाएका थिए । प्रान्सु जस्तै प्रशिक्षणमा सहभागी चित्रा कुमारी ओझाले ओरेन्ज आइओटी सफ्टवेयरमै सेन्सरबाट कसरी डिभाइस कन्ट्रोल गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुति देखाइन् । जसमा उज्यालो भएपछि आफै लाइट बन्द हुने र अँध्यारो भएपछि आफै लाइट चल्ने सिस्टम निर्माण गरिएको थियो ।

add everest academy
attariya hospital

त्यसपछि उनले एउटा साउन्ड बक्समा आवाज बजाउन्छिन । त्यसलाई पनि उनले लाइटबाटै कन्ट्रोल गरेर देखाइन । ‘मैले यसअघि स्मार्ट सिटी बनाउने गर्थे । जसलाई कागज कार्टुन काटेर बनाउँथे’ उनले भनिन् ‘वास्तवमा त्यो स्मार्ट सिटी रहनेछ । स्मार्ट सिटी हुन स्मार्ट तरिकाले काम गरिनुपर्ने रहेको जसको ज्ञान मैले तालिमबाट पाए ।’

navjiwan hospital

प्रान्सु र चित्राले जस्तै गोदावरी नगरपालिकाको सहयोगमा गोदावरी आविष्कार केन्द्रले आयोजना गरेको तालिममा ३० जना सहभागी रहेका थिए । जसमध्ये बिहीबार आयोजना गरिएको समापन कार्यक्रममा ७ जनाले डेमोको रूपमा आफ्ना प्रस्तुति  राखेर अनुभव सुनाएका थिए । प्रस्तुति हेरेपछि आफ्ना धारणा राख्दै शिक्षा शाखा प्रमुख जोशीले नवप्रवर्तन अध्ययनले खाली समयको सदुपयोग सँगै नयाँ आविष्कार हुने बताए । उनले नवप्रवर्तन अध्ययनले समाजको विकासमा ठुलो योगदान पुग्ने बताए । नगरपालिकाले थोरै भए पनि पहिलो पटक बजेटको व्यवस्थापन गरेर कार्यक्रम सम्पन्न भएको बताए ।

आविष्कार केन्द्रका अध्यक्ष डा. डम्बर बहादुर पालले अहिले पनि शिक्षा व्यवस्था परम्परागत र सैद्धान्तिक भएकाले यसले विश्वमा आएको परिवर्तन सँग प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न नसकेको बताए । ‘हामी अबको युवालाई सीप सित जोड्नु पर्छ भन्ने मान्यताका साथ अघि बढेका छौ । सीपले मानिसलाई काम गर्ने हिम्मत पैदा गर्छ’ उनले भने ‘त्यही सीपले मानिसलाई बजारमा स्थापित बनाउन मदत गर्छ ।’

attariya technical collage

उनले अबको युवा पढाइको साथसाथै बजारलाई आवश्यक पर्ने नयाँ सीप र प्रविधिको प्रयोग गर्दै सीप सिक्न आवश्यक रहेको बताए । उनले ५ दिनकै प्रशिक्षणले धेरै परिवर्तन आएको बताउँदै यसलाई थप सशक्त बनाउन थप अपग्रेडका कार्यक्रम आवश्यक रहेको बताए । आविष्कार केन्द्रका उपाध्यक्ष किरन भट्टले कार्यक्रमको उद्देश्य नै युवाहरूलाई नवप्रवर्तन सँग जोड्ने रहेका बताए । उनले युवामा सीप सिक्नुपर्छ भन्ने सोचको विकास गर्न कार्यक्रम सफल भएको बताए ।

कार्यक्रममा तालिमका प्रशिक्षक इन्जिनियर किरण भट्ट, लक्ष्मी प्रसाद खनाल, इन्जिनियर सम्राट् भट्ट, कर्मा एजुकेसन सेन्टरका सञ्चालक कुबेर खड्का लगायतको सहभागिता रहेको थियो । ५ दिने तालिममा ३० जनाको सहभागिता रहेको प्रशिक्षक तथा आविष्कार केन्द्रका इन्जिनियर किरण भट्टले बताए । तालिममा प्रशिक्षार्थीहरूलाई शेखरराम साउँद, इन्जिनियर किरण भट्ट, इन्जिनियर सम्राट् भट्ट, धुर्व बोहरा र लक्ष्मी प्रसाद खनाल ले प्रशिक्षण दिएका थिए ।

Karma Consultancy