अत्तरिया – कपडा तथा सिलाई व्यवसायी संघ गोदावरीको अध्यक्षमा मनोज परियार चयन भएका छन् । मंगलबार अत्तरियामा सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट परियार अध्यक्षमा चयन भएका हुन ।
समितिको उपाध्यक्षमा भुवन भट्ट, सचिवमा सुरेश नागरी, सह सचिवमा सरिता सुनार, कोषाध्यक्षमा जेनिसा खड्का चयन भएका छन् । यस्तै सदस्यहरूमा कल्पना देवी बडेला, निर्मला विष्ट, लक्ष्मी धामी, निता चौधरी, राधिका महरा र लक्ष्मी धमला चयन भएका छन् ।



समितिको सल्लाहकारमा अनुप जैरुको संयोजकत्वमा खेमा देवी विष्ट, सुरेश नेपाली, श्रनाव अन्सार र गायत्री कडायतको संयोजकत्वमा उप सल्लाहकार समिति चयन भएको छ । जसको सदस्यमा मोहब्द जनाब अंसारी, सिता नेपाली, इरफान अन्सारी र रहिस् अन्सारी चयन भएका छन् ।
साधारण सभाले गोदावरी नगरपालिका भित्र रहेका सिलाई पसल महिलाको १५ र २८ गते बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णय विरुद्ध पसल सञ्चालन गरिएको पाइए ५ हजार जरिवाना गरिने पनि निर्णयमा उल्लेख छ ।
