खाेज्नुहाेस

अत्तरियामा सञ्चालित नवप्रर्वतन अध्ययन, अनुसन्धान तथा आविस्कार प्रर्वद्धन तालिम सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा सञ्चालीत नवप्रर्वतन अध्ययन, अनुसन्धान तथा आविस्कार प्रर्वद्धनबारे ५ दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको सहयोगमा अत्तरियाको गोदावरी आविस्कार केन्द्रले सञ्चालन गरेको उक्त तालिम सम्पन्न भएको हो ।

बिहिबार एक औपचारीक कार्यक्रमका बिच तालिमको समापन गरिएको थियो । आविस्कार केन्द्रका अध्यक्ष डा. डम्बर बहादुर पालको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी रहेका थिए ।

add everest academy
attariya hospital
navjiwan hospital

कार्यक्रममा तालिमका प्रशिक्षक इन्जिनियर किरण भट्ट, लक्ष्मी प्रसाद खनाल, इन्जिनियर सम्राट भट्ट, कर्मा एजुकेशन सेन्टरका सञ्चालक कुबेर खड्का लगायतको सहभागिता रहेको थियो । ५ दिने तालिममा ३० जनाको सहभागिता रहेको प्रशिक्षक तथा आविस्कार केन्द्रका इन्जिनियर किरण भट्टले बताए ।

उनले सहभागिहरुलाई कम्प्युटरमा डिजाइनिङ गर्ने, सो डिजाइनिङलाई जोड्ने र कम्प्युटर तथा अन्य प्रविधिहरुलाई इन्टरनेटसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको बताए । प्रशिक्षण लिएका विद्यार्थीहरुले तालिममा सिकेका केही कुराहरुलाई उदाहरणका रुपमा प्रस्तुत गरेका थिए । तालिमका लागि नगरपालिकाले ५ लाख रुपैया विनियोजन गरेको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई शेखरराम साउँद, इन्जिनियर किरण भट्ट, इन्जिनियर सम्राट भट्ट, धुर्व बोहरा र लक्ष्मी प्रसाद खनाल ले प्रशिक्षण दिएका थिए ।

attariya technical collage