अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका -२,चौमालामा चौमाला खोलाले बगाएर बुधबार साँझ बेपत्ता भएका पुरुषको शव फेला परेको छ।

चौमाला खोलाले बगाउँदा बेपत्ता भएका गौरीगंगा-१,गोप्काका ६५ वर्षीय नर बहादुर ताम्राकारको बिहिवार बिहान ७ बजे धबै नजिकै खोलामा फेला पारीएको ईलाका प्रहरी कार्यालय चौमालाका प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरले बताए।


उनको शव चौमाला-२,धबै नजिकै खोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो। शव परिक्षणका लागि धनगढी पठाउने तयारी भैइरहेको बताइएको छ।
बुधबार साँझ ५:१५ बजेतिर पुरानो चौमाला बजार देखि घर जाँदा खोला तर्ने क्रममा चौमाला खोलाले स्थानीय नर बहादुर ताम्राकारलाई बगाएको हेमन्त राज जोशी (बाजे) ले जानकारी दिए।