खाेज्नुहाेस

कैलालीको चौमालामा खोलाले बगाउँदा एक पुरुष बेपत्ता

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका -२ चौमालामा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन।

बुधबार साँझ ५:१५ बजेतिर पुरानो चौमाला बजार देखि घर जाने क्रममा चौमाला खोलाले बगाउँदा स्थानीय अन्दाजी ६०/६२ वर्षीय नर बहादुर ताम्राकार बेपत्ता भएका हुन ।

attariya hospital
navjiwan hospital

खोलामा बाढी आएको बेला तर्न खोज्दा उनी बगेर बेपत्ता भएको स्थानीय हेमन्त राज जोशी (बाजे) ले बताएका छ्न ।

ईलाका प्रहरी कार्यालय चौमालाले बेपत्ता भएका ताम्राकारको खोजी जारी रहेको जनाएको छ ।

प्रहरी नायब निरीक्षक योगेन्द्र बलायरले अहिले पानी पर्न रोकिएको र खोलामा बाढी केही कम भएकाले खोजिकार्यलाई तिब्र बनाइएको बताए ।