खाेज्नुहाेस

कैलाली कारागारका कैदीबन्दीको मृत्यु

Image
navjiwan hospital

धनगढी – जिल्ला कारागार कैलालीका १ कैदीबन्दीको मृत्यु भएको छ । बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुरा भागेश्वर–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहले उनको उपचारका क्रममा मृत्युको जानकारी दिए ।

एक्कासि बिरामी भए पछि असार २ गते बिहान ११ बजे अस्पताल पुर्‍याएको प्रहरी प्रवक्ता सिंहले बताए । उपचारका क्रममा के कारणले मृत्यु भएको हो यसबारे थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

add everest academy
attariya hospital