खाेज्नुहाेस

गोदावरीमा प्रदेशका तीन दर्जन बढी सडकका टुक्रे योजना

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका प्रदेश सरकारले ११ लाख देखि १ करोड १० लाखका तीन दर्जन बढी योजनाका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएपछि सार्वजनिक भएको वार्षिक कार्यक्रममा पुस्तिकामा पूर्वाधार विकास कार्यालय कैलाली अन्तरगत ११ करोड ७६ लाखका ३८ वटा सडक, कल्भर्ट पुलका योजना समेटिएका छन् । जसमा अधिकांश टुक्रे र एउटै योजना भित्रै ३/४ वटा योजना राखिएका छन् भने केही योजना दोहरिएर राखिएका छन् ।

प्रदेश सभाबाट पास हुन बाकी उक्त योजना अन्तरगत गोदावरी नगरपालिका – ५ को सिसैया देखि रिङरोड जोड्ने भित्री अधुरो कालोपत्रे, गोदावरी नगरपालिका – ६ कोलीकटान गोरख साउँदको पसल हुँदै पश्चिम मगर टोल सम्म जाने बाटो कालोपत्रेका लागि १३ लाख विनियोजन गरिएको छ । यस्तै गोदावरी नगपालिका – १ एभरेष्ट स्कुलबाट अत्तरिया गाउँ चैतन्यपुर–विजौरा हुँदा महेन्द्र राजमार्ग खैराना पुल जोड्ने सडकका लागि ५० लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – १ कै महेन्द्र राजमार्ग देखि आश्रम जानेबाटो, गोदावरी नगरपालिका – ३ को सघन सहरी सडक देखि पश्चिम राम सोतीको घर हुँदै नहर सम्म सडक कालोपत्रे र गोदावरी नगरपालिका – ६ कोलीकटान गोरख साउँदको पसल हुँदै पश्चिम मगर टोल सम्म जाने बाटो कालोपत्रे गर्न १३ लाख बजेट विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – ४ मा खैराना प्रहरी बिटबाट खैराना गाउँ जाने सडक कालोपत्रे, गोदावरी माता मन्दिर जाने बाटो कल्भर्ट सहितको बाटो, दोगादे भक्त बिष्टको घर देखि चन्द्र बडेलको घर सम्म सडक निर्माणका लागि १६ लाख बजेट विनियोजन गरिएको छ ।

add everest academy
attariya hospital

गोदावरी नगरपालिका – ३ कृष्ण मन्दिर देखि दम्मल जोड्ने सडक निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै गोदावरी नगरपालिका – ७ श्रीपुर क्रसर देखि उत्तर सडक निर्माणका लागि २० लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – ६ बहेडामा खगराज पाठकको घर देखि एडिबी रोड जोड्ने सडकका लागि ३ हजार, गोदावरी नगरपालिका – ३ मा पुष्कर भट्टराइको घर हुँदै जाने सडकका लागि पनि ३ हजार र गोदावरी नगरपालिका – ४ कुलानन्द पनेरुको घर देखि उत्तर बास्कोटा जाने सडकका लागि ३ हजार बजेट विनियोजन गरेर ३ वटा छुट्टाछुटै योजना राखिएको छ ।

यद्यपि यी तीनै योजनालाई पुनः अर्को ठाउँमा गोदावरी – ६ खगराज पाठकको घर देखि एडिबी रोड सम्म सडक स्तरोन्नतिका लागि २५ लाख, गोदावरी – ३ मा पुष्कर भट्टराइको घर हुँदै जाने सडक नाली निर्माण तथा सडक स्तरोन्नतिको लागि २५ लाख र गोदावरी – ४ मा कुलानन्द पनेरुको घरदेखि उत्तर बास्कोटा जाने सडक स्तरोन्नतिका लागि ३० लाख विनियोजन गरिएको छ ।

गोदावरी नगरपालिका – १ मा रहेको धनगढी अत्तरिया ६ लेन सडक देखि पश्चिम वरपीपल जाने चोक सम्म सडक निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – १२ वडा कार्यालय गणेशपुर देखि गोदाडा सडकका लागि २५ लाख, गोदावरी नगरपालिका – ११ रेगुलेटर देखि बान्द्रेखाल सडकका लागि पनि २५ लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – ८ दिलेन्द्र ठगुन्नाको घर देखि दक्षिण बुढीखोला कल्भर्ट सम्म नाली सहित सडक स्तरोन्नति, पिपल टोल हरिनगर जोड्ने लाहुरेखोला कल्भर्ट निर्माण तथा मर्मत सम्भार र समैजी खानेपानी देखि पूर्व जब्दा कुलो कल्भर्ट सम्म सडक स्तरोन्नतिका लागि ७ लाख बजेट विनियोजन गरिएको छ ।

attariya technical collage

गोदावरी नगरपालिका – १ अशोक बस्नेतको घर देखि सिद्धराज पाण्डेको घर सम्म आरसिसी ढलान बाटो नाली सहित, मनहरा टोल सडक स्तरोन्नति र टेलिकम पछाडि सडक कालोपत्रेको लागि ३० लाख बजेट विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – २ राधाकृष्ण मन्दिर हुँदै शान्तिपुर टोल सडक कालोपत्रे र भागेश्वर एग्रोभेट देखि पश्चिम जाने सडक स्तरउन्नतीको लागि १६ लाख छुट्याइएको छ ।

गोदावरी नगरपालिका – ३ जम्यजय जोशीको घर देखि पश्चिम हिरो ऐरको घर सम्म कालोपत्रे कल्भर्ट सहित ३५० मिटर, गोदावरी नगरपालिका – ५ किरन शाहको घर देखि हिरा चौधरीको घर सम्म पानी पिच, गोदावरी नगरपालिका – ४ मा बुढीतोला भीमदत्त राजमार्ग देखि हाइ स्कुल जाने बाटो हुँदै भ्यु टावर सम्म जाने सडक निर्माण र गोदावरी – १२ को झंकर खड्काको घर देखि गौडी कल्भर्ट सम्म सडक कालोपत्रेका लागि ३८ लाख विनियोजन गरिएको छ ।

Karma Consultancy
navjiwan hospital

गोदावरी नगरपालिका – ३ मा रहेको महेन्द्र राजमार्ग देखि कलुवापुर पक्की पुल जोड्ने सडक निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । यस्तै गोदावरी नगरपालिका – ३ को कृष्ण मन्दिर देखि गोदावरी नगरपालिका – १२ बान्द्रेखाल सम्म सडक स्तरोन्नतिका लागि ८० लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – ३ सघन सहरी सडक देखि पश्चिम राम सोतीको घर हुँदै नहर सम्म सडक कालोपत्रेको लागि १५ लाख विनियोजन गरिएको छ ।

गोदावरी चुरे जोड्ने चौकिडाँडा कोल्मुडा हलौडे वयला–फल्टुडे सडक स्तरोन्नतिका लागि ५० लाख विनियोजन गरिएको छ । गोदावरी नगरपालिका – ४ मा गोदावरीको काठे भाइरल पुल तथा पिकनिक स्थल व्यवस्थापन, बुद्ध चोक पानी धारा देखि लालु सार्कीको घर अगाडि सडक स्तरोन्नति, गोदावरी नगरपालिका – ५ मा गेटा एयरपोर्ट देखि उत्तर बरबट्टा जाने सडक स्तरोन्नति, गोदावरी ६ मा राजेश पाठकको घर देखि एडिबी रोड सडक स्तरोन्नतिका लागि ८० लाख विनियोजन गरिएको छ । चैतन्यपुर अनामनगर कल्भर्ट निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ ।

गोदावरी नगरपालिका – १ दक्षिण वनखेत ६ नम्बर गल्ली सडक स्तरोन्नति (मेन रोड देखि टिकेश्वरी पन्तको घरसम्म), गोदावरी नगरपालिका – २ मा रहेको अत्तरिया उद्योग वाणिज्य संघ देखि बिच बनखेत पूर्व पश्चिम राजमार्ग सडक कालोपत्रे र गोदावरी नगरपालिका –४ बेलपानी फुलबस्ती सडक स्तरोन्नति र गोदावरी नगरपालिका – ३ मा दक्षिण टोल रिङरोड कालोपत्रेका लागि १ करोड विनियोजन गरिएको छ ।

गोदावरी नगरपालिका – ८ को मुख्य सडकबाट पश्चिम आदर्श टोल जाने अधुरो सडक कालोपत्रे, गोदावरी नगरपालिका – ९ बल्मी पिपल चौताराबाट उत्तर जाने सडक स्तरोन्नति, गोदावरी नगरपालिका – १० को मुक्ति टोलमा सडक कालोपत्रे, गोदावरी नगरपालिका – ११ को गौडी देखि भोटे डाँडा बान्द्रेखाल सडक कालोपत्रे र गोदावरी नगरपालिका – १२ को पुरानो कोल देखि गंगा सिंह साउँदको घरसम्म सडक स्तरोन्नतिका लागि १ करोड १५ लाख विनियोजन गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका – ८ को मजगाउँ जोनापुर सडकका लागि २५ लाख विनियोजन गरिएको छ । गोदावरी –४ बास्कोटामा प्रकाश कुँवरको घर देखि पूर्व पदम सिंह ऐरको घर सम्म मूल बाटो जोड्ने नयाँ बाटो निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ ।

गोदावरी नगरपालिका – २ महरा टोल जाने सडकमा कल्भर्ट, गोदावरी नगरपालिका – ३ नागरी टोलमा सडक स्तरोन्नति, गोदावरी – ७ मा शिवराज कुलोमा कल्भर्ट निर्माणका लागि १५ लाख विनियोजन गरिएको छ । यस्तै गोदावरी नगरपालिका – ६ मा पृथ्वी रानाको घर देखि नहर सम्म सडक कालोपत्रे, गोदावरी – १० मा पुरानो खमौरा टोलमा बाटो स्तरोन्नति र गोदावरी – ५ को पनेरु टोल देखि एडिबी रोड सम्म जोड्ने सडक स्तरोन्नतिको लागि ११ लाख विनियोजन गरिएको छ ।

गोदावरी – १२ आदर्श टोलमा पुरानो कोल देखि गंगा सिंह साउँदको घर सम्म सडक स्तरोन्नति, गोदावरी –१ आदर्श टोलमा कल्भर्ट र भरतपुरमा नारद खनालको टोलमा ढल निकासका लागि १७ लाख विनियोजन गरिएको छ । यस्तै गोदावरी नगरपालिका –२ र ४ जोड्ने पुलका लागि ५० लाख विनियोजन गरिएको छ । मोहना नदीमा गोदावरी ३ र कृष्णपुर ५ जोड्ने पुलका लागि पनि ५० लाख विनियोजन गरिएको छ ।

गोदावरी – १० दमौरा देखि चाक्ले खोला पुल सम्म सडक कालोपत्रेका लागि ३० लाख, गोदावरी –१० कै खमौरा विष्ट टोल देखि वडा नम्बर १२ जोड्न सडकका लागि २५ लाख, र गोदावरी – १२ गौडीमा कल्भर्ट निर्माणका लागि २५ लाख विनियोजन गरिएको छ । गोदावरी – १ मा अत्तरिया धनगढी जाने ६ लेन सडक देखि पश्चिम वरपीपल जाने चोकका लागि ३० लाख, विनियोजन गरिएको छ । गोदावरी – १ विजयनगरमा होलिल्याण्ड स्कुल देखि भोजराज जोशीको घर सम्म कालोपत्रेको लागि २५ लाख विनियोजन गरिएको छ ।