अत्तरिया – कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट गोदावरी नगरपालिका – ९ बल्मीका ५ वर्षीय रितु भाटको मृत्यु भएको हो ।
रितुलाई बुधबार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।