खाेज्नुहाेस

हरैयाको दुर्गा भवानी माविमा वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना

Image

अत्तरिया– कैलालीको हरैयामा रहेको दुर्गा भवानी माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति कैलालीले बिहिबार विद्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

विगत १ वर्ष देखि बिभिन्न कार्यक्रम गर्दै आईरहेको समन्वय समितिले स्थानीय स्तरका बालबालिकाहरुलाई बित्तिय जानकारी प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेको बताएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

स्थानिय स्तरको सरकारी बिद्यालयमा कक्षा १० मा पढिरहेका बिधयार्थीहरुलाई बचत, बैङ्क तथा बित्तिय संस्थाको बारेमा जानकारी, लघुवित्त, लघु बचत, लघु कर्जा लगायत का बिषयमा जानकारी र चेतना वृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको अत्तरियामा रहेको सुर्योदय बोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका शाखा प्रबन्धक दिपक महराले बताए । उनले समितिका विभिन्न १० वटा लघुवित्तहरु आवद्ध रहेको बताए ।

उनका अनुसार सुर्योदय बोमी, नेशनल, एनएमबी, आशा, निर्धन उत्थान, नाडेप, महिला, कालिका, हिमालयन र नेरुडे मिर्मिरे लघुवित्तहरु समन्वय समितिमा आवद्ध रहेका छन । कार्यक्रममा ४० जना विद्यार्थीहरुको सहभागिता रहेको उनले बताए । सहभागि विद्यार्थीहरुलाई बचतको महत्व, भबिस्यको योजना बनाउनका लागी सहयोग तथा फजुल खर्च कटौती गर्नुपर्ने लगायतका विषयमा पनि जानकारी दिईएको उनको भनाई छ ।

attariya technical collage

सहभागीहरुलाई नेशनल लघुवित्त वित्तिय संस्था, एनएमबी लघुवित्त वित्तिय संस्था र सुर्योदय बोमी लघुवित्त वित्तिय संस्थाका शाखा प्रबन्धकहरुले वित्तिय साक्षरता सम्बन्धी जानकारीहरु दिएका थिए ।