खाेज्नुहाेस

कर खारेजको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित, अत्तरियामा र्‍याली

Image

अत्तरिया – सरकारले आर्थिक वर्ष २०८२/०८३ मा सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि व्यवसायी आन्दोलित भएका छन । उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलाशिता कर खारेज गर्नुपर्ने, हिराजडित पथ्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने र उपभोक्त, कर्मचारी, कालीगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलिन गरिरहेका हुन ।

navjiwan hospital

आन्दोलनका कार्यक्रम अन्तरगत बिहिबार कैलालीको अत्तरियाका विरोध ¥याली निकालिएको छ । सुनचाँदी आभुषण व्यवसायी संघ अत्तरियाले विरोध -याली निकालेको हो । बुधबार हातमा कालोपट्टी बाधेँर काम गरेका उनीहरुले बिहिबार विरोध प्रदर्शन गरेका थिए ।

attariya hospital

मूल्य अभिवृद्धि कर भ्याट लगाई व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सृजना गरिएको उनीहरुको आरोप छ । कर बढाउँदा उपभोक्ता मारमा पर्नुका साथै सुनचाँदी व्यवसायलाई धराशायी बनाउने खेलमा सरकार लागेको व्यावसायी समीर सिजापतीले बताए ।