धनगढी – कैलाली प्रहरीको खुकुरी प्रहार भएको घटनामा नियन्त्रणमा लिएका २ जना युवक भाग्न खोजेपछि गोली चलाएको छ । बिहीबार कैलारीबाट पक्राउ परेका टीकापुरका रिदम ढुंगाना र मिलन चन्द भजनी नगरपालिका – ७ क्षेत्रमा पेसाब लागेको भन्दै भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा प्रहरीले कैलारी गाउँपालिका–३ को शिवरत्नपुरबाट २ जनालाई पक्राउ गरिएको थियो ।



उनीलाई लिएर टीकापुर जाँदै गर्दा पिसाब लागेको बहाना गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको डीएसपी सिंहले बताए । गोली प्रहार गरेर दुवै जनालाई पुनः नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ । गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुग
