खाेज्नुहाेस

बैङ्किङ कसुर मुद्दाकी आरोपित अत्तरियाकी बिना पक्राउ

Image
file photo

अत्तरिया – बैङ्किङ कसुर मुद्दाकी आरोपित कैलालीको अत्तरियाकी बिना चौधरी (योगी) पक्राउ परेकी छिन् । उनलाई काठमाण्डौंबाट पक्राउ गरिएको हो ।

उनी विरुद्ध इलाका प्रहरी कार्यालय मालाखेतीमा ४ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन् । यद्यपि उनी मुद्दा दायर हुनु अघि नै गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको घर बिक्री गरेर २०८१ असार देखि नै फरार भएकी थिइन् ।

attariya hospital

सहकारीकी पूर्व कर्मचारी समेत रहेकी उनले अत्तरिया क्षेत्रका विभिन्न व्यक्तिहरूबाट पैसा लिएर चेक दिएको तर, ती चेक बाउन्स भएपछि उनी विरुद्ध उजुरी परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए ।

navjiwan hospital

उनी विरुद्ध चार वटा मुद्दा बैङ्किङ कसुर (चेक बाउन्स) का भए पनि २ मुद्दा अनुसन्धान सकिएर अदालतमा पुगेको र २ मुद्दा अनुसन्धानका क्रममा रहेको डिएसपी चन्दले बताए ।

अत्तरियामा रहेको अपि सैपाल सहकारीमा आबद्ध रहेकी उनले सहकारीबाट पनि ४ लाख लोन लिएको र ४ लाख सहकारीका सदस्यबाट उठाएर सहकारीमा इन्ट्रि नगरेको पाइएको थियो ।

यद्यपि सहकारीले २०८१ साउन २८ गते पत्रकार सम्मेलन गर्दै असार १५ गते नै २ /३ जना सदस्यको रकम कार्यालयमा नचढाइएको पाइएपछि निलम्बन गरिएको जनाएको थियो ।

उनी विरुद्ध हाल ४ उजुरी परे पनि अझै धेरै उनीबाट ठगिएका पीडित रहेको प्रहरीको अनुमान छ । काठमाण्डौंमा पक्राउ परेकी बिनालाई लिन इलाका प्रहरी कार्यालय मालाखेतीबाट बिहीबार नै प्रहरी काठमाण्डौं गएका छन् ।

सम्बन्धित समाचारबिनाले व्यक्तिगत कारोबार गरेको रकमको सहकारीले जिम्मा लिँदैन : अपि सैपाल सहकारी