धनगढी – कैलालीमा एक पुरुष मृत फेला परेका छन । घोडाघोडी नगरपालिका – ४ मा रहेको श्रीराम सामुदायीक वनको ट्याङ्ना खोला किनारमा घोडाघोडी नगरपालिका ४ रामपुर बस्ने ३२ वर्षीय नरेश रतोकी मृत फेला परेका हुन ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।