अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ११ ओलानीमा रहेको कृष्ण आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा कल्पना नेपाली चयन भएकी छन । मंगलबार वडासदस्य कुमार बडैलाको रहोबरमा बसेको बैठकले कल्पना नेपालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिका ज्येष्ठ सदस्य मान बहादुर बि.क को अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कल्पना नेपालीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको छ । जसको सदस्यहरुमा मान बहादुर बि.क, दुर्गा रावल, ललिता बि.क, हस्त बहादुर रावल, भगवती पाण्डेय रहेका छन । यस्तै वडा प्रतिनिधि सदस्यका रुपमा कुमार बडैला रहेका छन भने शिक्षक प्रतिनिधिका रुपमा लाल बहादुर रावल र सदस्य सचिवमा बिस्ना जोशी रहेका छन ।


वडासदस्य कुमार बडैलाले वडामा पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दलित महिला आएको बताए । उनले वडाध्यक्ष प्रेम सिँ बडैलाको निर्देशन र सहजीकरणमा दलित महिलालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाईएको बताए । उनले वडाका सक्षम व्यक्तिहरु काम गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको समेत बताए । सम्भवतः गोदावरी नगरक्षेत्रमा नै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक दलित महिला आएको आँकलन आफ्नो रहेको उनको भनाई छ ।